काठमाडौं ।नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ।मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक सय रुपैयाँले महँगिएको हो। १० ग्राम सुनको मूल्य भने २ लाख ५९ हजार १७५ रुपैयाँ कायम गरिएको छ।यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदी बुधबार ४ हजार ८१५ रुपैयाँ पुगेको छ।यसअनुसार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको हो। १० ग्राम चाँदीको मूल्य ४ हजार १२८ रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ।