काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन भइरहेको छ।
यसबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत विभिन्न नौ वाणिज्य बैंकमा नेपाली रुपैयाँतर्फ ११ अर्ब २७ करोड २ लाख ६० हजार ६ सय ८५ रुपैयाँ रहेको छ।त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७ सय २ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
नेपाली रुपैयाँ र डलर खातासहित सबै रकमलाई समेट्दा कोषमा कुल १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १ सय ६७ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि यही कोषबाट आवश्यक स्रोत परिचालन गरिने जनाइएको छ।