काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँ घटेको छ। सोमबार ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४ हजार ७ सय ७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।