काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकअघि संसद् सचिवालयले निर्धारित कार्यसूचीमा फेरबदल गरिएको जानकारी दिएको छ।
सचिवालयका अनुसार आकस्मिक कारण देखाउँदै यसअघि तय गरिएको कार्यसूची हटाइएको हो। त्यसको स्थानमा संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौतामाथि छलफल गर्ने विषय राखिएको छ। उक्त सम्झौतालाई छलफलपछि अनुमोदनका लागि अघि बढाउने कार्यसूचीसमेत तय गरिएको संसद् सचिवालयले जनाएको छ।