काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि चीन सरकारले नेपाललाई एक करोड १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।चीनबाट प्राप्त सहयोगप्रति मन्त्री पोखरेलले आभार व्यक्त गरेका छन्। उनले विपद्को समयमा चीनले गरेको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक सहकार्य तथा समन्वय निरन्तर रहने विश्वास व्यक्त गरे।राजदूत चाङले बाढीका कारण प्रभावित भएका बालबालिकालाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिएका छन्।