काठमाडौं ।दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब १२ः१० बजे पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु।प्र।–०२–००१ ह १६५७ नम्बरको अटो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। अटोमा चालकसहित तीन जना सवार रहेको र घाइते सबैलाई उद्धार गरी प्रहरीको गाडीमार्फत दुल्लु अस्पताल पुर्याइएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका–२ का ७४ वर्षीय राम कामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा अटो चालक भैरवी गाउँपालिका–२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ का ६५ वर्षीय गजबहादुर कामी घाइते भएका छन्। उनीहरू दुवैको दुल्लु अस्पतालमा उपचार भइरहेको छ।