काठमाडौं ।विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर भ्याट हटाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच सैद्धान्तिक सहमति बनेको छ।
सोमबार भएको छलफलका क्रममा ऊर्जामन्त्री श्रेष्ठले विद्युत्मा लगाइएको भ्याट हटाउनुपर्ने प्रस्ताव अर्थमन्त्रीसमक्ष राखेका थिए।मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री वाग्ले पनि उक्त प्रस्तावप्रति सकारात्मक देखिएपछि भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति जुटेको हो।
अब विद्युत्मा लाग्दै आएको भ्याट हटाउने प्रस्तावलाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया र व्यवस्थाबारे थप छलफल हुने बताइएको छ।