काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा चलिरहेको एउटा बसमा आगलागी भएको छ।
घटनामा एक जना व्यक्ति जलेको हुन सक्ने प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार बसमा आगलागी भएको जानकारी प्राप्त भएपछि घटनाबारे थप विवरण संकलन भइरहेको छ।उनका अनुसार आगलागीमा एक जना व्यक्ति परेको सूचना आए पनि उनको अवस्था र पहिचानबारे अहिलेसम्म यकिन भइसकेको छैन।प्रहरीले घटनाको थप विवरण तथा आगलागीको कारणबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।