काठमाडौं ।प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीन भ्रमणमा निस्किएका छन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीको आयोजनामा हुने ‘चाइना फोरम अफ इन्टरनेशनल लेगल कोअपरेशन’ कार्यक्रममा सहभागी हुन शर्मा चीन गएका हुन्।प्रधानन्यायाधीश शर्मा असोज ८ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। उनको चीन भ्रमण टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेलसमेत सहभागी छन्।