काठमाडौं ।भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिमध्ये हालसम्म १ हजार ४३६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आज बिहान ११ बजेसम्म रसुवामा २ सय २३, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ शव फेला परेका छन्।फेला परेका शवमध्ये पहिचान खुलाउनका लागि प्रहरीले डीएनए नमुना सङ्कलन गरिरहेको जनाएको छ। प्रहरीका अनुसार हालसम्म १ हजार २ सय ९२ शवको व्यवस्थापन भइसकेको छ।बाढीबाट प्रभावित विभिन्न जिल्लामा बेपत्ता तथा मृतकको खोजी, शव पहिचान र व्यवस्थापनको काम अझै जारी रहेको प्रहरीले जनाएको छ।