काठमाडौं ।प्रहरीले राजनीतिक विश्लेषक भरत दाहाललाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका दाहाललाई थप अनुसन्धानका लागि आइतबार नै काठमाडौं ल्याउने तयारी भइरहेको मोरङ प्रहरीको भनाइ छ ।दाहालमाथि लागेको आरोप र पक्राउको विस्तृत कारणबारे प्रहरीले थप जानकारी सार्वजनिक गरिसकेको छैन