काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शनिबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ रहेको थियो। त्यसको तुलनामा आइतबार सुनको भाउ २ हजार १ सय रुपैयाँले बढेको हो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शनिबार चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो।