काठमाडौं ।ताङ्खुवाबाट धनकुटातर्फ आउँदै गरेको टाटा सुमो धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा दुर्घटनामा परेको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने खुल्न बाँकी रहेको धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिएका छन् ।दुर्घटनाको कारण तथा सुमोमा कति जना यात्रु सवार थिए भन्नेबारे प्रारम्भिक विवरण प्राप्त भइसकेको छैन । घटना जानकारी पाएलगत्तै प्रहरीले टोलीलाई घटनास्थलमा पठाएर आवश्यक अनुसन्धान तथा उद्धारको काम अघि बढाएको जनाएको छ ।मृतकको पहिचान तथा दुर्घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।