काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको खबर आएको छ।
केहीबेरअघि स्थानीयबाट गोली चलेको सूचना आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए।
उनका अनुसार घटनाको कारणबारे अहिलेसम्म खुलिसकेको छैन। प्रहरीले घटनास्थलमा पुगेर थप विवरण संकलन गरिरहेको छ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काका अनुसार एक जनाको तिघ्रामा गोली लागेको सूचना आएको छ।
घटनामा घाइते भनिएका व्यक्तिको अवस्था र गोली कसले तथा किन चलाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्थानीयले गोली चलेको जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।