काठमाडौं । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ।
करिब १०० जनाको सहभागितामा सम्पन्न अधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका सभापतिको उपस्थिति तथा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।
अधिवेशनमा महिलादेखि खेलकुद क्षेत्रका नेतृत्व तथा प्रतिनिधि र ‘जेन–जी’ युवाहरूको उल्लेखनीय सहभागिता रहेको प्रकाश गैरेले जानकारी दिए।
गैरेका अनुसार विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्व हुने गरी भएको सहभागिताले अधिवेशनलाई थप उत्साहपूर्ण बनाएको थियो। विशेषगरी युवाहरूको उल्लेखनीय उपस्थितिले संगठनप्रति नयाँ पुस्ताको चासो र सहभागितालाई समेत प्रतिबिम्बित गरेको उनको भनाइ छ।
उनले अधिवेशनलाई संगठनको गतिविधि र आगामी कार्यदिशाबारे छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत लिइएको बताए।
