काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका छन्। श्रेष्ठ यसअघि नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। मन्त्रिपरिषद्को निर्णयसँगै उनले प्राधिकरणको कार्यकारी नेतृत्व सम्हाल्ने भएका छन्। यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्य अध्यादेशका कारण पदमुक्त भएका थिए। त्यसपछि प्राधिकरणको नेतृत्वमा नयाँ नियुक्ति गरिएको हो।