काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फा को मुख्यालयमा नेपाल प्रहरीले छापा मारेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले शुक्रबार एन्फा कार्यालयमा पुगेर अनियमितताको आशंकामा आवश्यक कागजातहरू नियन्त्रणमा लिएको हो।सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्ने केही कागजात संकलन गरिएको छ। एन्फासँग सम्बन्धित विषयमा थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका कागजातको अध्ययन तथा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।