काठमाडौं ।काठमाडौंको जडीबुटीमा भएको सवारी दुर्घटनामा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकलमा सवार कार्कीलाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन ट्याङ्करले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करबाट ३९ वर्षीया कार्कीको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनामा उनका श्रीमान् देवराज कँडेल घाइते भएका छन्। काभ्रेको तेमाल गाउँपालिका–४ घर भएका कँडेल पनि मोटरसाइकलमै सवार थिए।प्रहरीका अनुसार उनीहरू भक्तपुरतर्फ जाँदै गर्दा जडीबुटी क्षेत्रमा उक्त दुर्घटना भएको हो। कार्की दोलखाबाट नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेको जनाइएको छ।मृतक कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। दुर्घटनामा संलग्न ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।