काठमाडौं ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ।यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय र चाँदी ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।