काठमाडौं– हिजो मात्रै बढेको सुनको भाउ आज ह्वात्तै घटेको छ। एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घटेपछि सुन फेरि ३ लाख रुपैयाँभन्दा तल झरेको छ।
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुनको मूल्य ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको थियो। अर्थात्, एक दिनमै सुनको भाउमा २ हजार ३ सय रुपैयाँको गिरावट आएको हो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। बुधबार ४ हजार ६ सय ८५ रुपैयाँ रहेको चाँदी आज ६० रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ३ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अर्थात्, हिजो उकालो लागेको सुन आज फेरि ओरालो लागेको छ।