काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो। मूल्य बढेसँगै बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ सय रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेको छ। मंगलबार ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।