काठमाडौं । नेपाल विद्यार्थी संघको अनामनगर, देवीनगरस्थित नवनिर्मित केन्द्रीय कार्यालयको पूजा तथा औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
भदौ ३० गते आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष करुणा कटुवालसहित संगठनका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रममा संघको नयाँ केन्द्रीय कार्यालयलाई थप व्यवस्थित, संस्थागत र प्रभावकारी रूपमा सञ्चालन गर्दै विद्यार्थीका हक, अधिकार तथा शैक्षिक सरोकारका विषयमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नवनिर्मित कार्यालयलाई विद्यार्थी आन्दोलन, संगठन निर्माण तथा नेतृत्व विकासको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका अवसरमा अध्यक्ष करुणा कटुवालसहित नेपाल विद्यार्थी संघको नेतृत्वलाई कार्यालय स्थापनाका लागि धन्यवाद तथा शुभकामना व्यक्त गरिएको थियो।