काठमाडौं ।नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
गोरखा पालुङटार नगरपालिका–२ सिम्पानी स्थायी घर भएका तथा हाल काठमाडौंमा बस्दै आएका देवकोटाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’का लागि उक्त रकमको चेक अर्थमन्त्रीमार्फत हस्तान्तरण गरेका हुन्।देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै देवकोटाले विपत्तिको समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।उनले राष्ट्रिय संकटको अवस्थामा पीडितको दुःख कम गर्न र आवश्यक राहत उपलब्ध गराउन नागरिकस्तरबाट समेत सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।