काठमाडौं । भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेपछि खोला किनारका बस्ती प्रभावित भएका छन्।
सोमबार दिउँसोदेखि परेको वर्षाका कारण खोलामा बाढी आएपछि किनारमा रहेका केही टहरा तथा घरमा पानी पसेको थियो। त्यसपछि प्रहरीले प्रभावित बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काका अनुसार खोला किनारका बस्तीमा प्रहरी परिचालन गरी उद्धार तथा सुरक्षा व्यवस्थापन भइरहेको छ।
उनका अनुसार यसअघिको तुलनामा खोलाको बहाव बढे पनि बाढीबाट मानवीय क्षति भने भएको छैन। अहिले वर्षा कम हुँदै गएसँगै खोलाको बहाव पनि घट्न थालेको उनले बताए।