काठमाडौं । सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धका सामग्री प्रसारण गर्दै घृणा र द्वेष फैलाएको आरोपमा प्रहरीले रुकुम पश्चिमका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आठविसकोट नगरपालिका–१२ का २७ वर्षीय जनक परियार रहेका छन्। विपद्पछि खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी घृणा फैलाउने सामग्री प्रसारण गरेको र नागरिक तथा सुरक्षा निकायबीचको सम्बन्धमा असर पुर्याएको आरोप उनीमाथि छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले परियारलाई अनामनगरबाट पक्राउ गरेको हो।