काठमाडौं। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्।
शनिबार सम्पन्न संस्थाको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई र द्वितीय उपाध्यक्षमा योगेश भट्टराई चयन भएका छन्। त्यस्तै, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने र सह–कोषाध्यक्षमा सफल थापा चयन भएका छन्। कार्यसमिति सदस्यमा वैभव पौडेल, भीष्मराज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनिलबहादुर भट्टराई, राजबहादुर भुजेल र वसन्त न्यौपाने चयन भएका छन्।