
बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
त्रिवेणी गाउँपालिका–५ स्थित सिम्कमा लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ८ वर्षीय रेशम बुढाथोकी र करिब १८ वर्षीया विपना बुढाथोकीको मृत्यु भएको हो।
दुर्घटनामा जिप चालक भुपाल पुनसहित चार जना घाइते भएका छन्। चालक पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य तीन घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।
घाइतेहरूको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।