काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म ९७४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीका कारण अझै पनि ४ हजार ५९९ जना नागरिकहरू सम्पर्कविहीन रहेका छन्।
सम्पर्कविहीन रहेका नागरिकहरूमा नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मी समेत समावेश रहेका छन्। बाढीका कारण ज्यान गुमाएकामध्ये हालसम्म ५१ जनाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको प्रहरीले जनाएको छ।
शव व्यवस्थापन तथा पहिचानको विवरणअनुसार हालसम्म फेला परेका शवहरूमा ८८ जना महिला र १०९ जना पुरुष रहेका छन्। यसैगरी पहिचान हुन नसकेका २१६ वटा शवहरूलाई सुरक्षित रूपमा राखि मुचुल्का तथा सनाखत प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ता नागरिकहरूको खोजी कार्य निरन्तर जारी छ।