काठमाडौँ । विपद् प्रभावित नागरिकहरूका लागि राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौँ आइपुगेको छ। कतार सरकारका तर्फबाट सहयोगस्वरूप पठाइएको उक्त जहाज केहीबेर अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
कतारबाट आपतकालीन राहत सामग्री बोकेर नेपाल आइपुगेको उक्त विमानमा ल्याइएका सामग्रीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बिच नेपाल सरकारलाई हस्तान्तरण गरिने जनाइएको छ।
हालैको विनाशकारी बाढी र पहिरोपछि उत्पन्न संकटको सामना गर्न अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरूबाट नेपाललाई राहत र सहयोग प्राप्त हुने क्रम जारी छ।