काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा रहेका विदेशी नागरिकको खोजी, उद्धार तथा पहिचानका लागि नेपाल प्रहरीले सम्पर्क नम्बर सार्वजनिक गरेको छ।
उद्धार गरिएका, बेपत्ता भएका, घाइते तथा पहिचान हुन नसकेका विदेशी नागरिकसम्बन्धी जानकारी तथा सोधपुछका लागि प्रहरीले विभिन्न अधिकारीको सम्पर्क नम्बर सार्वजनिक गरेको हो। प्रहरीका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म प्रहरी सहायक निरीक्षक स्मृति भण्डारीलाई +९७७ ९८६६५८२५५६ मा सम्पर्क गर्न सकिनेछ। दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म प्रहरी वरिष्ठ नायब निरीक्षक उर्मिला रानाभाटलाई ९८५१२८२१४९ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ। त्यस्तै, साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म प्रहरी सहायक हवल्दार सुरेन्द्र तामाङलाई ९८६५०३६६६७ मा सम्पर्क गर्न सकिनेछ। यसैगरी, प्रहरी वरिष्ठ उपरीक्षक नान्ती राज गुरुङलाई ९८५१२८०४१४ मा सम्पर्क गर्न सकिनेछ। विदेशी नागरिकसम्बन्धी थप जानकारी तथा सोधपुछका लागि [email protected] मा इमेल गर्न सकिने प्रहरीले जनाएको छ।