काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६१६ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार देशका विभिन्न जिल्लाहरूबाट हालसम्म ६१६ जनाको शव फेला परेको पुष्टि भएको हो।
प्रहरीको तथ्याङ्कअनुसार फेला परेका शवमध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन्। यस्तै नवलपरासी पूर्वमा १५८ जना, गोरखामा ४८ जना, नवलपरासी पश्चिममा ४७ जना, धादिङमा ४५ जना, नुवाकोटमा ४१ जना, तनहुँमा ३१ जना र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढी र पहिरोको उच्च जोखिममा परेका कुल २,३०१ जनाको सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन्। उद्धार गरिएकामध्ये सबैभन्दा बढी नुवाकोटबाट १,६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जना रहेका छन्। यसैगरी, बाढी–पहिरोमा परी घाइते भएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या १४० पुगेको प्रहरीले जनाएको छ। हाल प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यका लागि ४,८११ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
