काठमाडौँ । देशका विभिन्न भूभागमा वर्षा हुने क्रम जारी रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ७ः२३ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार पछिल्लो १ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँची जिल्लाको सिमलपानी मौसम मापन केन्द्रमा ४२.२ मिलिमिटर मापन गरिएको छ।
हाल देशका विभिन्न प्रदेशहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानहरूका साथै बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।
वर्षा भइरहेका क्षेत्रहरू र त्यस आसपासका भूभागहरूमा थप वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमबाट बचाउन सम्बन्धित सबैलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।