काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ। शुक्रबार एकै दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ वटा संस्था तथा व्यक्तिहरूले गरी कुल ३८ करोड ५५ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार शुक्रबार कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ कोषमा जम्मा भएको छ। कोषमा सबैभन्दा ठूलो रकम सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ योगदान गरेको छ। यसैगरी प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख, राजी राणाले व्यक्तिगत रूपमा १ करोड ९ लाख ८० हजार र एमएडब्लु (मोरङ अटो वर्कस) ले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै हिमालयन बुलियन, एसियन लाइफ इन्स्योरेन्स, एग्रो थाईफुड्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, उद्योगी विजयकुमार शाह, स्याकार ट्रेडिङ, डब्लूडब्लूएफ (ध्ध्ँ) नेपाल, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरले १÷१ करोड रुपैयाँका दरले कोषमा रकम जम्मा गराएका छन्।
यसैगरी नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, एबाकस इन्साइट्सले १५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, सीएएस ट्रेडिङ हाउस र सिल्भर लाइनिङ प्रालिले १ लाख ११ हजार÷१ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। अन्य तीन संस्थाहरूबाट २६ लाख ६२ हजार रुपैयाँ प्राप्त भएको छ। संकलित यो रकम एकद्वार प्रणालीमार्फत बाढीपीडितको उद्धार र पुनःस्थापनामा पारदर्शी ढङ्गले खर्च गरिने सरकारले जनाएको छ।