काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको हो। ताल फुटेपछि त्यसबाट आउने पानीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै सीमावर्ती तथा नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सीडीओ परियारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबैलाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।