काठमाडाैँ । बाढीले बगाएर ल्याएको शवबाट कानको सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भाइरल भिडियोमा मृतकको शवबाट सुनको मुन्द्रा निकालिरहेको देखिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेकामाथि घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।