काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ।
बिहीबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार बाढी तथा त्यसपछिको खोज तथा उद्धारका क्रममा सबैभन्दा धेरै चितवनमा १२१ जनाको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र रसुवामा ३ जनाको शव भेटिएको छ। बाढी प्रभावित विभिन्न क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। खोज तथा उद्धारका क्रममा थप शव भेटिने क्रम जारी रहेको जनाइएको छ। हालसम्मको विवरणअनुसार चितवनमा मात्रै भेटिएका शवको संख्या १२१ पुगेको हो। प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीसमेत जारी रहेको प्रहरीले जनाएको छ।