काठमाडौं । हालैको बाढीका कारण रगतको अभाव हुन सक्ने तथा प्रभावितहरूलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल चेम्बर अफ कमर्सले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
चेम्बर भवन, जमलमा भदौ ११ गते ९२७ अगस्ट २०२६० बिहान ११ः३० बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन हुने जनाइएको छ। चेम्बरले आफ्ना सदस्य तथा इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई रक्तदान गर्न आग्रह गरेको छ। ‘तपाईंको एक कदमले कसैको ज्यान बचाउन सक्छ’ भन्दै चेम्बरले रक्तदानमार्फत बाढी प्रभावित तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्न अपिल गरेको छ।