काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका तटीय क्षेत्रहरू तीव्र रूपमा प्रभावित बनेका छन्। घटनालगत्तै नेपाल सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री वितरण कार्यलाई तीव्रताका साथ अघि बढाएको छ भने बाढीबाट पुगेको मानवीय र भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम निरन्तर जारी छ।
यस विषम परिस्थितिमा बाढीबाट प्रभावित भएकाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत पु¥याउनुका साथै दीर्घकालीन रूपमा पुनस्र्थापना र पुनर्निर्माण गर्नुपर्ने ठूलो चुनौती रहेको छ। विपद्को यस घडीमा पीडितहरूलाई सहयोग पु¥याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वसाधारण, गैरसरकारी संस्था, उद्योगी, व्यवसायी तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरेको छ।
सहयोग गर्न चाहने इच्छुक महानुभाव तथा संस्थाहरूका लागि सरकारले विभिन्न बैंकहरूमा रहेका आधिकारिक खाता विवरणहरू सार्वजनिक गरेको छ। सरकारले उपलब्ध गराएका बैंक खाता विवरणहरूः
१. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका बैंक खाताहरूः
हिमालयन बैंक लिमिटेड (अमेरिकी डलर खाता)ः ०१९०५६३१२१००४६
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लि.ः ०१०१३२४३८०१ / ०२०१३२४३८०१
राष्ट्रिय वाणिज्य बैंकः ११३०१०००००३६५२००१ / ११३०१००००००००६००६
एभरेस्ट बैंक लिमिटेडः ००१००१०५२००२६०/ ००१०११०२२०००१२
नेपाल बैंक लिमिटेडः ००२११६००५१००३९०००००३ / ००२००१००५१००३९०००००१
ग्लोबल आइएमई बैंक लि.ः ००४०१०१०००००५७ / ००४९१०१००००००५
नबिल बैंकः १६१००१७५०५२८५
कृषि विकास बैंक लि.ः ०१००२०१००२२०६०१४
२. प्रधानमन्त्री राहत कोषका बैंक खाताहरूः
राष्ट्रिय वाणिज्य बैंकः १४३०१००००००२५००६ / १४३०१०००००११६४००१