काठमाडौँ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९ल्म्च्च्ःब्० ले बाढी प्रभावितहरूको नाममा अनाधिकृत र आफूखुसी रकम तथा सहयोग संकलन नगर्न र नगराउन सर्वसाधारण एवं विभिन्न संघ(संस्थाहरूलाई कडा निर्देशन दिएको छ। बुधबार ९१० भदौ० बिहान ८स्४० बजे रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएपछि भोटेकोशी तथा त्रिशूली नदी किनारमा ठूलो मानवीय र भौतिक क्षति पुगेको परिप्रेक्ष्यमा प्राधिकरणले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।
बाढी प्रभावित क्षेत्रमा घाइते तथा अलपत्र परेका व्यक्तिहरूको खोज, उद्धार तथा राहत वितरण कार्य तीव्रताका साथ भइरहेको अवस्थामा केही व्यक्ति तथा समूहले अनधिकृत रूपमा राहतका लागि आर्थिक सहयोग संकलन गर्न थालेको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ। कतिपयले सामाजिक सञ्जालमा क्युआर कोड ९त्तच् ऋयमभ० समेत सेयर गरी नगद सहयोग माग्ने गरेको गुनासो प्राप्त भएकाले बाढी प्रभावितका नाममा जथाभावी रकम संकलन नगर्न सचेत गराइएको छ।
प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा जारी विज्ञप्तिमा नेपाल सरकारले आधिकारिक रूपमा आह्वान गरेबाहेक कुनै पनि गैरसरकारी संस्था वा व्यक्तिलाई सोझै आर्थिक सहयोग नगर्न र नगराउन अनुरोध गरिएको छ। यदि कोही कसैले अनाधिकृत रूपमा रकम संकलन गरिरहेको फेला परेमा वा जानकारी प्राप्त भएमा तत्काल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टेलिफोन नम्बर ०१ ४२९११९७ मा सूचना दिनसमेत आग्रह गरिएको छ।
