काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालयअगाडि बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ।
सोमबार कार्यालय परिसरनजिकै नवजात शिशु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल पठाएको जनाएको छ।मोरङका प्रहरी प्रमुखका अनुसार शिशु जन्मिएको करिब दुईदेखि तीन दिन भएको प्रारम्भिक अनुमान गरिएको छ। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।शिशुलाई कसले र कुन परिस्थितिमा त्यहाँ छाडेको भन्ने खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।