काठमाडौं । रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफू सवार गाडीबाट शौचालय जानका निम्ति ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे१ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका निम्ति जिल्ला अस्पताल सल्ले लगिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।