काठमाडौँ । नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’ बीच १४ बुँदे सहमति भएको छ। शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाभियानका प्रतिनिधिहरूबीच भएको गहन वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन् । ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको सकारात्मक छलफलपछि सहमति जुटेको दुवै पक्षले जनाएका छन्।
सरकारसँग १४ बुँदे सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना, जुलुस तथा आन्दोलनका सम्पूर्ण विरोधका कार्यक्रमहरू शनिबारदेखि नै पूर्ण रूपमा अन्त्य गर्ने निर्णय गरिएको छ। सहमति भएसँगै पुल्चोकलगायतका स्थानमा जारी धर्नासमेत स्थगित भएको छ।
यस्तो छ सरकार र अभियानका बिचमा भएको सम्झौताः

