मुस्ताङ । निजी भ्रमणका क्रममा मुस्ताङ पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) जोमसोमस्थित प्रसिद्ध होटल ओम्स होममा रोकिएका छन् । आफ्नो औपचारिक सुरक्षा टोली र परिवारसहित मुस्ताङ यात्रामा निस्कनुभएका प्रधानमन्त्री शाह शनिबार दिउँसो होटल ओम्स होम पुगेका हुन् ।
प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै होटल परिसर तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो। जोमसोम आगमनका क्रममा होटल परिसरमा स्थानीय प्रतिनिधि, पर्यटन व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
पारिवारिक धार्मिक भ्रमणका रूपमा मुक्तिनाथ दर्शनका लागि गएका प्रधानमन्त्री शाह शनिबार रात जोमसोममै बस्ने र आइतबार बिहान मुक्तिनाथ मन्दिरतर्फ जाने कार्यक्रम रहेको छ। उनको यस उच्चस्तरीय तथा अनौपचारिक भ्रमणले मुस्ताङको स्थानीय पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा स्थानीय व्यवसायीहरूले गरेका छन्।