काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निजी भ्रमणका क्रममा बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुंगा पुगेका छन् । मुस्ताङ भ्रमणका लागि निस्किएका प्रधानमन्त्री शाह शनिबार सुरक्षाकर्मीसहित मालढुंगा पुगेका हुन् ।
प्रधानमन्त्रीको आगमनलाई ध्यानमा राख्दै सुरक्षा निकायले सो क्षेत्रका मुख्य सडक तथा संवेदनशील स्थानहरूमा कडा सुरक्षा परिचालन गरेको छ। भ्रमण तालिका सार्वजनिक नगरिए पनि मुस्ताङतर्फ जाने क्रममा केही समय मालढुंगामा रोकिएको स्थानीय प्रशासनले जनाएको छ।