काठमाडौँ । डिभिजन वन कार्यालय उदयपुरका वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको अभियोगमा उनलाई रङ्गे हात पक्राउ गरिएको अख्तियारल जनाएको छ ।
डिभिजन वन कार्यालय उदयपुरका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ) भुवन पौडेल नियन्त्रणमा नियन्त्रणमा लिइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो।
आयोगका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित डिभिजन वन कार्यालय परिसरबाटै भदौ ४ गते उनलाई नियन्त्रणमा लिइएको थियो। घुस÷रिसवत माग गरेको भन्दै परेको सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले छापा मारेर उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नियन्त्रणमा लिइएका वन अधिकृत पौडेलमाथि थप अनुसन्धान अघि बढाउन विशेष अदालतबाट म्याद थप गरिएको छ। घुस÷रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भएसँगै अख्तियारले उनीमाथि अनुसन्धान प्रक्रिया तीव्र पारिएको जनाएको छ।