काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) सहितका शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने संघ–संस्थाले अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) मा अध्ययनरत नर्सिङका १२ सय नेपाली विद्यार्थीहरुको विषयमा आएको समस्याका विषयमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन्।
ईक्यानसँगै अन्य शैक्षिक परामर्शसम्बन्धी काम गर्ने संगठनहरु फेकन, आइरिन र नाइरले संयुक्त पत्रकार सम्मेलनको आयोजना आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्ने सबै वक्ताहरुले अस्ट्रेलियामा समस्यामा परेका विद्यार्थीको समस्या आफूहरुको समस्या रहेकाले यसको समाधानका लागि दिलोज्यान लगाएर काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन्।
पत्रकार सम्मेलनमा ईक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले अस्ट्रेलियामा अध्ययनका लागि गएको विद्यार्थीहरुबारे उत्पन्न समस्या र त्यसको समाधानका लागि भइरहेको पहलका विषयमा जानकारी दिएका छन्।
क–कसले के भने? (हेर्नुहोस् भिडियो)
https://www.youtube.com/watch?v=mWdiwxgykIM