काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम रहेको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई ४ हजार ५८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।