काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार बैठक मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा आयोजना गरिएको छ। सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न वित्तीय संस्थाहरूले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्नुका साथै वित्तीय क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले सिइओहरूलाई बोलाएका हुन्। छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने बताइएको छ।