काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यद्यपि, गत सोमबारको तुलनामा सुनको मूल्य अझै ४ हजार ५ सय रुपैयाँले कम रहेको महासंघको तथ्यांकले देखाएको छ। त्यसबेला प्रतितोला सुन २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ३१५ रुपैयाँ रहेको चाँदी सोमबार ४ हजार ३५० रुपैयाँ कायम भएको छ।
तर, गत साताको यही दिनको तुलनामा चाँदीको मूल्य अझै ९५ रुपैयाँले कम छ। गत सोमबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।