काठमाडौँ । घर निर्माण वा नयाँ घर खरिद गर्ने सोचमा रहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले नबिल हाउजिङ लोन योजना अघि सारेको छ। बैंकले ग्राहकको आवश्यकता अनुरूप लचिलो आवास कर्जा उपलब्ध गराउँदै घरको सपना पूरा गर्न सहयोग गर्ने जनाएको छ।
बैंकका अनुसार यस योजनामार्फत घर निर्माण, घर खरिद तथा आवाससँग सम्बन्धित अन्य प्रयोजनका लागि कर्जा लिन सकिनेछ। ग्राहकको आर्थिक क्षमता र आवश्यकतालाई ध्यानमा राखेर कर्जाका विभिन्न विकल्प उपलब्ध गराइएको बैंकले जनाएको छ। नबिल बैंकले घर स्वामित्वलाई सहज बनाउने उद्देश्यले यो योजना सञ्चालनमा ल्याएको बताउँदै सरल र व्यवस्थित वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ। बैंकका अनुसार कर्जाको सीमा, भुक्तानी अवधि, ब्याजदर तथा अन्य सर्तसम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ। आवास कर्जाबारे थप जानकारी लिन वा आवेदन प्रक्रियासम्बन्धी जिज्ञासा समाधान गर्न ग्राहकहरूले नबिल बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ। त्यहाँबाट कर्जा लिन आवश्यक योग्यता, कागजात तथा प्रक्रिया सम्बन्धी जानकारी पनि प्राप्त गर्न सकिनेछ।